आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभाग बुद्धनगरबाट ताहाचलमा सर्ने

मङ्गलबार, २१ चैत २०७९, १७ : ५६
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । वैदेशिक रोजगार विभाग ताहाचलमा सर्ने भएको छ । हाल अवस्थित रहेको बुद्धनगरबाट ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा सर्न लागेको हो। 

अहिले बसिरहेको ठाउँमा सानो भएकाले विभाग सर्न लागेको हो । विभागका महानिर्देशक उमाकान्त आचार्यले आगामी वैशाखमा कार्यालय सर्न लागेको बताए ।

ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालय अर्को ठाउँमा सरेपछि उक्त कार्यालयमा सरिने महानिर्देशक आचार्यले बताए। 

´अहिलेको ठाउँ निकै सानो भयो। दैनिक संयाैकाे संख्यामा रहेका सेवाग्राहीलाई सेवा दिन निकै कन्जस्टेड भयो,` महानिर्देशक आचार्यले भने। 

विभाग हाल हिमालय सिमा व्यापारको भवनमा बस्दै आएको छ । ठाउँ साघुराे भएकाले पार्किङकाे समस्यादेखि बढी मानिसहरू अट्दैनन् । 

ठाउँ र जनशक्ति अभावले गर्दा समेत प्रभावकारी सेवा दिनमा नसकिएको उनेकाे भनाइ छ। 

विभागमा अहिले आवश्यकता अनुसार समेत जनशक्ति नरहेकाे उनेका भनाइ छ। ´एकातिर बस्ने ठाउँ छैन। अर्काेतिर जनशक्तिको अभाव छ। पुरानै संरचना र दरबन्दी अनुसार काम गर्नु परिरहेको छ। अन्य सरकारी कार्यालयमा समयसापेक्ष परिमार्जन भइरहेका छन्। तर हाम्रो विभाग भने धेरै पहिलेकै संरचना अनुसार काम गर्नु परिरहेको छ,`महानिर्देशक आचार्यले भने। 

विभागमा हाल ६२ जनाको दरबन्दी रहेको छ। जसमा प्रशासनिक काम गर्ने ५० जनाले मात्रै काम गर्छन् । ५० जनाको भरमा लाखौंकाे संख्यामा रहेको सेवाग्राहीलाई सेवा दिनु परिरहेको महानिर्देशक आचार्यले बताए । 

सेवाग्राही लाखौंको संख्यामा थपिदा पनि जनशक्ति र पूर्वाधार पुरानै रहेको उनेका भनाइ छ । 

जनशक्तिको अभावका कारण विभागले म्यानपावर व्यवसायीमाथि अनुगमन समेत गर्न नसकेको उनेका भनाइ छ। 

´अहिले कसैले सूचना दियो भने मात्र अनुगमन गर्न जानुपर्ने बाध्यता रहेको छ। हामी आफैले पनि अनुगमन गर्न सकिने अवस्था छैन,` उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप