आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : उपराष्ट्रपति यादव

मङ्गलबार, २१ चैत २०७९, १८ : ५२
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै धर्मले शान्ति, सामाजिक सहिष्णुता एवं भातृत्वअभिवृद्धिमा सहयोग पुग्ने बताएका छन् । जैन धर्मका प्रणेता भगवान् महावीरको २६२२औँ जन्मोत्सवको अवसरमा नेपाल जैन परिषद्ले मंगलबार आयोजना गरेको समारोहमा उनले धर्मको माध्यमबाट समाज र राष्ट्रलाई भावनात्मक एकता बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले भने, “धर्मको विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य एउटै हुन्छ । धर्मको परिभाषा र प्रभाव सार्वजनिक हितको भावनाबाट ओतप्रोत हुने भएकाले जनकल्याणलाई केन्द्रमा राखेको हुन्छ ।” 

अहिंसा, अपरिग्रह र अनेकान्तबादका प्रणेता भगवान् महावीरले प्रतिपादित गरेका सिद्धान्त र विचार वर्तमानमा अझ बढी प्रासङ्गीक एवं समयसान्दिर्भिक भएको उनले उल्लेख गरे ।

उपराष्ट्रपति यादवले नेपाल आफैमा ऋषिमुनिहरुले तपस्या गरेको र भगवान् ऋषवदेव, नविनाथ, मल्लिनाथ, पाश्र्वनाथ, महावीर एवं आचार्य स्थूलिभद्र स्वामी जस्ता महापुरुषको प्रभाव क्षेत्र रहेको हुनाले हामी नेपालीहरु आफूलाई गौरवान्वित ठान्ने बताए । उनले दुराग्रह, अनेकान्तवाद, आग्रहीनताले पारिवारिक, सामाजिक र विश्वशान्तिका लागि वर्तमानमा आम जनमानस साकाहारी संयमी एवं मितव्यही हुन आवश्यक रहेको खाँचो औंल्याए ।

नेपालमा जैनर्धालम्बीहरु सबै ठाउँमा विभिन्न समुदायकाबिचमा मिलेर बसोबास गरिरहेका र उनीहरु जहाँ रहेपनि भगवान् महावीरका सिद्धान्त अनुशरण गर्दै धार्मिक, सांस्कृतिक र समाजसेवाका माध्यमबाट सकारात्मक छाप छोड्न सफल भएको उपराष्ट्रपति यादवको भनाइ छ । धर्मले संसारको नीति नियमलाई व्यवहारिक बनाउन प्रेरित गरेको बताउँदै उनले अहिंसा, शान्ति, एकान्तवाद, नैतिकताको प्रचारप्रसार जैनधर्मको महत्वपूर्ण पक्षलाई जनजनमा पु¥याउन परिषद्ले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप