आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीन-पाकिस्तान सीमा बन्दरगाहबाट पुनः निकासी सुरु

मङ्गलबार, २१ चैत २०७९, २२ : ००
मङ्गलबार, २१ चैत २०७९

उरुम्ची । उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको चीन-पाकिस्तान सीमामा रहेको प्रमुख भूमि बन्दरगाह खुन्जेराब पासले सोमबार यात्रु भन्सार निकासी पुनः सुरु गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।

खुन्जेराब भन्सारका अनुसार सन् २०१६ देखि २०२० सम्ममा खुञ्जेरब पासमा आयात र निर्यात कार्गोको मात्रा  दिई लाख टन थियो । समुद्र सतहबाट करिब ५,००० मिटरको उचाइमा रहेको खुन्जेराब दर्रा चीन र पाकिस्तानबीचको प्रमुख व्यापारिक स्टेशन र दक्षिण एसिया र युरोपको महत्त्वपूर्ण प्रवेशद्वार पनि हो। 

चीनले यस बन्दरगाहबाट मुख्यतया कपडा, कृषि उत्पादन र दैनिक उपभोग्य वस्तुहरू आयात गर्छ  भने वनस्पति र जडीबुटीहरू निर्यात गर्छ।-(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप