आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आरआर कलेजमा स्ववियु चुनाव चैत २६ मा हुने

बुधबार, २२ चैत २०७९, ०६ : ४४
बुधबार, २२ चैत २०७९

काठमाडौँ । आरआर कलेजमा विद्यार्थीबीच मतदाता नामावलीमा मतभिन्नता भई स्थगित भएको स्ववियु चुनाव यही चैत्र २६ मा हुने भएको छ । विद्यार्थीले कलेज प्रशासन, निर्वाचन समिति र लेखामा लगाएको ताला खोलेका छन् भने चुनाव गराउन संगठनहरू राजी भएका छन् । 

त्रिवि शिक्षाध्यक्षले छानबिन गर्न बनाएको समितिले सकारात्मक प्रतिवेदन दिएपछि  त्रिविले चुनाव गराउन आजै कलेज प्रशासनलाई निर्देशन दिएको थियो । कलेजको निर्वाचन कमिटीले चुनावको अन्तिम तालिका प्रकाशन गर्नुका साथै मतदाता नामावली प्रकाशन गरिसकेको छ । 

कलेज प्रशासनले आजदेखि कलेज प्रवेश गर्न अनिवार्य परिचयपत्र चाहिने सूचित गरेको छ भने कलेजमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीले कलेजको चुनावका लागि पूर्ण सुरक्षा व्यवस्था गरिने आश्वासन कलेज प्रशासनलाई दिएका छन् । 

यसअघि पाटन उच्च अदालतले स्ववियु चुनाव गराउन कलेज प्रशासनका नाममा परमादेश दिइसकेको छ । 

RR Election_5

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप