आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा २४ घण्टामा भेटिए ४,४३५ संक्रमित, १५ को मृत्यु

बुधबार, २२ चैत २०७९, ११ : ०४
बुधबार, २२ चैत २०७९

भारतमा बुधबार कोरोना संक्रमितको संख्या पछिल्लो पाँच महिनामा सर्वाधिक देखिएको छ । बुधबार यहाँ ४ हजार ४३५ जना संक्रमित भेटिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या बढेर २३ हजार ९१ पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको ताजा आँकडाका अनुसार यसअघि सेप्टेम्बर २५ मा कोरोनाका ४,७७७ संक्रमित भेटिएका थिए ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १५ जनाको मृत्युसमेत भएको छ । यस्तै, दैनिक संक्रमण दर ३.३८ प्रतिशत पुगेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप