आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको बेन्चमा

बुधबार, २२ चैत २०७९, ११ : ५६
बुधबार, २२ चैत २०७९

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा बुधवार जिल्ला अदालत काठमाडौँमा सुनुवाइ हुँदैछ । लामिछानेको मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।

पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागी थुनामा पठाएको आदेश बदर गरेको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो । अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुँदैछ । परिवर्तित नाम गौशाला–२६ ले उनी बिरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप