आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाराबाट सय क्युफिट काठसहित पिकअप भ्यान नियन्त्रणमा

बुधबार, २२ चैत २०७९, ११ : ५७
बुधबार, २२ चैत २०७९

बारा ।  डिभिजन वन कार्यालय बाराको नियमित गस्ती टोलीले गएराती साढे २ बजे निजगढ नगरपालिका अन्तरर्गत रहेको सामुदायिक वनबाट  करिव  एक सय क्युफिट काठसहित ४ चक्के पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

वन कार्यालयबाट १० जनाको समूहमा खटिएको गस्ती टोलीले ५  गोलाई काठसहित पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।  गस्ती टोलीलाई  धनसर छेउबाट सिगोल जाने  बाटोमा ५रु७  जनको समूहमा  आएका  वन तस्करहरूले प्रहरीलाई देखेपछि उनीहरू पिकअप भ्यान छोडेर भागेका थिए । 

बा ५ च  ५६९६ नम्बरको पिकअप भ्यान ५ ओटा गोलाई काठ र रुख काट्ने आरा  नियन्त्रणमा लिइएको  हो । ५ वटै गोलाई काठ एउटै  रुखको  भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

अहिले वन कार्यालयको परिसरमा वन तस्करीमा प्रयोग भएका दर्जनौँ गाडी नियन्त्रणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप