आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यो गठबन्धन पाँच वर्ष टिक्छ : माधव नेपाल

बुधबार, २२ चैत २०७९, १४ : ५८
बुधबार, २२ चैत २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हालको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले कतिपय पदको भागबण्डा र लुट मच्चाउन गठबन्धन बनेको भनेर आरोप लगाउने गरेपनि इमानदारितासाथ काम गर्दै अघि बढे सबै संकटहरु समाधान गरेर अघि बढ्न सकिने बताए ।  

अध्यक्ष नेपालले सत्ता गठबन्धनको पहिलो कर्तव्य संविधानको रक्षा गर्नु रहेको भन्दै संविधानको रक्षा गर्दै सुशासन, शान्ति र सम्मृद्धिका पक्षमा काम गर्न सक्नुपर्ने बताए । 

‘तपाईँहरू ढुक्क भए हुन्छ यो गठबन्धन पाँच वर्ष कायम रहन्छ’, अध्यक्ष नेपालले भने, ‘कसैकसैले पद बाँडबाफाँट त कसैले लुट अभियान चलाउन यी पार्टीहरु मिलेका हुन् भनेका छन् । यो चुनौति हामीमाथि छ ।’

उनले सरकारले जनपक्षीय काम गर्नसके र जनताका पीरमार्का सम्बोधन गर्न सके गठबन्धनमाथिका आशंका हटेर जाने बताए । 

उनले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेपनि त्यसलाई सुधार गर्न सकिने बताए । 

‘देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको छ । यो नेपालको मात्रै होइन, विश्वकै संकटमा छ । यसलाई कसरी संकटमुक्त गर्ने त्यसका लागि हामीले कस्ता नीति अवलम्बन गर्ने त्यसमा विशाल चिन्तन मनन गर्नुपर्छ’, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले  अर्थतन्त्रको सुधारका लागि आफूहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप