आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्दै

बिहीबार, २३ चैत २०७९, ११ : १९
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार चैत २३ गते रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकले रिपोका लागि बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल गर्नेछ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् ।

केन्द्रीय बैंकका अनुसार जारी हुने यो रिपो आगामी वैशाख ७ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा केन्द्रीय बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप