आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रागिरि हिल्सको नयाँ वर्ष योजना, शेयर धनीलाई २५ प्रतिशतसम्म छुट

बिहीबार, २३ चैत २०७९, १२ : ०१
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई  केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरूमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयर धनीहरूले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्रीफलजम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । 

यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि शेयर धनीहरूले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउन्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षको लागि लागू रहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप