आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित ८ जना पक्राउ

बिहीबार, २३ चैत २०७९, १२ : ४४
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । अवैध लागुऔषधसहित धनकुटा र बर्दियाबाट ८ जना पक्राउ परेका छन् । धनकुटामा पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज याक्खासहित ४ जना रहेका छन् ।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरीगढी गाउँपालिका–१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसै गरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । करिब ४ ग्राम ब्राउन सुगर सहित बाँके कोहलपुर नगरपालिका–२ बस्ने २४ वर्षीय दीपक विकसहित अन्य ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला गरी पक्राउ गरेको हो । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप