आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

८.२८ अंकले घट्यो नेप्से, कारोबार ११ करोडले बढ्यो

बिहीबार, २३ चैत २०७९, १५ : ४९
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.२८ अंकले घटेर बन्द भएको छ । ०.४४ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक १८६६ अंकमा आइपुगेको छ । हिजो बुधवार नेप्से परिसूचक ८ अंकले नै बढेको थियो । यस क्रममा नेप्सेमा ९२ करोड ६ लाख ८६ हजार रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । हिजो बुधवार नेप्सेमा ८१ करोड रुपैयाँको कारोबार भएको थियो । जुन, आजको तुलनामा ११ करोडले बढी हो ।

नेप्से घटेपनि ४८ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, १६५ कम्पनीको सेयर मूल्य घट्दा ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर कायम भएको छ ।

यस क्रममा कालिञ्चोक दर्शनको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३११ रुपैयाँ पुगेको छ । यस्तै, सिटिजन्स म्यूचुअल फण्ड–२ को सेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ ।  आज कारोबार भएका १३ मध्ये ३ वटा कम्पनीको सेयर मूल्य भने सुधार आएका छन् । बाँकी सबै समूहमा गिरावट आएको नेप्सेले जनाएको छ ।

आज बैंक, निर्जीवन र व्यापार समूह बाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै विकास बैंक समूह ४२ अंकले र जलविद्यूत समूह २८ अंकले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप