आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी : मन्त्री भुसाल

बिहीबार, २३ चैत २०७९, १९ : ०२
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् । बिहीबारबाट सुरु भएको भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले अर्थतन्त्र सबल बनाउन र जीवनलाई स्वस्थ राख्न मौलिक उत्पादनहरूमा जोड दिनुपर्ने बताए । 

उनले भने, ‘हामीले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न जरुरी छ । अर्थतन्त्र सबल बनाउन र हाम्रो जीवनलाई स्वस्थ बनाउन पनि हाम्रा आफ्नै खेतबारीमा उत्पादन हुने मौलिक उत्पादनहरूमा जोड दिनुपर्छ । कृषि सामग्रीहरू किन नराख्ने यस्ता महोत्सवमा । भक्तपुरले यस्ता महोत्सवहरूमा आफ्ना मौलिक कृषि उत्पादनलाई प्रस्तुत गर्नुपर्छ ।’

सो अवसरमा मन्त्री भुसालले महोत्सवको अवलोकन गरेका थिए । भक्तपुर पुग्ने आन्तरिक तथा बाह्य पर्यटक लक्षित महोत्सव आयोजना गरिएको हो । महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारी साधनलगायतका कक्ष रहेका छन् । सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा करिब पाँच लाख उपभोक्ताले अवलोकन गर्ने तथा १० करोडदेखि १२ करोडसम्मको कारोबार हुने अपेक्षा गरिएको छ । ११ दिनसम्म चल्ने महोत्सवमा विभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप