सरकारले पूर्णता पाएको ६ महिनामा प्रहरी समायोजन
बिहीबार, २३ चैत २०७९, १९ : ११
काठमाडौँ । मन्त्रिपरिषद्ले पूर्णता पाएको ६ महिनाभित्र प्रहरीलाई प्रदेशमा समायोजन गर्नेगरी सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
बिहीबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संचारमन्त्री रेखा शर्माले भनिन्, ‘प्रदेशसँगको समन्वयमा प्रदेश प्रहरी समायोजनको काम सरकारले पूर्णता पाएको छ महिनाभित्र सम्पन्न गर्ने ।’
‘सङ्घीय व्यवस्थाको आधारभूत मान्यताअनुरूप निजामती लगायत सबै सरकारी सेवा एवम् सुरक्षा निकायको पुनर्संरचनाको कामलाई पूर्णता दिने’ न्यूनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ ।