आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पर्वहरुले समुदायहरुबीचमा मेलमिलापको भावना विकास गर्छ : उपराष्ट्रपति यादव

बिहीबार, २३ चैत २०७९, २० : २८
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले रमजान पर्वको अवसरमा देश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्वीहरुलाई शुभकामना दिएका छन् । 

बिहीबार काठमाडौँमा आयोजित रमजान (रोजा) समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पूर्ण मुस्लिम समुदायलाई पर्वको शुभकामना दिएका हुन् । 

उनले रमजान (रोजा) पर्वको विशेष महत्त्व रहेको बताए । उनले आम नागरिकहरूलाई धार्मिक कार्यमा लागिपर्न आग्रहसमेत गरे ।  

उपराष्ट्रपति यादवले पर्वहरुले समुदायहरुबीचमा मेलमिलापको भावना विकास गर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप