पर्वहरुले अनेक समुदायबीचमा सहिष्णुता प्रदान गर्छ : सभामुख घिमिरे
बिहीबार, २३ चैत २०७९, २० : ३४
काठमाडौँ । सभामुख देवराज घिमिरेले पर्वहरुले अनेक समुदायबीचमा सहिष्णुता प्रदान गर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित रमजान (रोजा) समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एक समुदायले अर्को समुदायलाई आफ्ना चाडपर्वहरुमा बोलाउँदा सद्भाव, सहयोग, समझदारी र धार्मिक सहिष्णुता आदानप्रदान हुने बताए ।
उनले देश निर्माणका लागि मुस्लिम समुदायले नेपालमा लामो समयदेखि सहत्वपूर्ण भूमिका खेल्दै आएको पनि बताए ।
सभामुख घिमिरेले इस्लाम धर्मावलम्वीहरुका लागि रमजान पर्व हिन्दुहरूको दसैँ जस्तै भएको बताए ।