आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायीलाई चैतभित्र इजाजतपत्र नवीकरण गर्न भौतिक मन्त्रालयकाे अनुरोध

बिहीबार, २३ चैत २०७९, २० : ४४
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न अनुरोध गरेको छ ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले आज एक सूचना जारी गरी इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो ।

“सार्वजनिक निर्माणकार्य गर्न दिइने इजाजतपत्रको अवधि प्रत्येक आर्थिक वर्षमा समाप्त हुने भएकाले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्दछ”, पत्रमा भनिएको छ ।

उक्त अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको छ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् । छ महिनाभित्र नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था रहेको मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ । 

इजाजतपत्र नवीकरण गराउन आउँदा पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रसमेत अनिवार्य ल्याउन अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप