आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटहरीबासीको शिर निहुरिन दिन्नँ : मेयर पौडेल

शुक्रबार, २४ चैत २०७९, ०८ : २८
शुक्रबार, २४ चैत २०७९

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरीबासीको शिर निहुरिन नदिने बताएका छन् । बिहीबार एक कार्यक्रममा मेयर पौडेलले अपेक्षा गरेभन्दा राम्रो काम गरेर निस्किने बताए ।  ‘इटहरीबासीमाथि भ्रम छर्ने काम भएको छ । 'नगरबासीमाथि सधैंभरी ऋणी छु, तपाईंहरुले अपेक्षा गरेभन्दा राम्रो काम गरेर निस्किन्छु । कसैको शिर निहुरिन दिन्नँ,’ उनले भने ।

विधि, प्रक्रिया र नियम अनुसार आफूले काम गरिरहेको उनको भनाइ छ । ‘मानिसको प्रतिष्ठाको ख्याल गर्नुपर्छ, एक इन्च पनि विधि, प्रक्रिया र नियम मिछेको छैन । नियम, ऐन मिचेर दस जना सचिवालयमा राखेको पुष्टि गरि दिनुहोस्, जस्तोसुकै कारबाही भोग्न पनि तयार छु,’ उनले भने । 

स्थानीय सरकारले स्थानीय आवश्यकताको पहिचान अनुसार सोही अनुसारको जनशक्ति र विज्ञ राख्न सक्ने पौडेलले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप