आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तुरिया नदीमा अवैध उत्खनन हुने क्रम बढ्यो, स्थानीय सरकार मौन

शुक्रबार, २४ चैत २०७९, ०९ : ४८
शुक्रबार, २४ चैत २०७९

नवलपरासी । चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा ढुंगागिट्टी उत्खनन हुने क्रम बढ्न थालेको छ । 

हरेक दिन चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा उत्खनन हुँदासमेत कारबाही हुन नसकेको भन्दै स्थानीहरूले विरोध जनाएका हुन् । कारबाही गर्ने जिम्मेवार निकाय स्थानीय तह, वन कार्यालय र प्रहरी प्रशासन एक–अर्कालाई दोष लगाएर पन्छिँदा उत्खननको क्रम झनै बढ्दै गएको छ । तुरिया नदीबाट ढुंगागिट्टी उत्खनन गर्न गिरोह नै सक्रिय भएको स्थानीयहरू बताउँछन् । 

नदीको आडैमा थुपारेर राखिएको ढुंगागिट्टी, बालुवा,मिसकट रातदिन उत्खनन गरी अन्यत्र लैजाने गरेको पाइएको हो । चुरे क्षेत्रको पानभर र तुरिया खोलाबाट ट्रयाक्टरमा ढुंगागिट्टी,बालुवा,मिसकट निकासी गरेर तुरियास्थित नदीको आडैमा ठुलो परिमाणमा सङ्कलन गरिएको र यसरी उत्खनन हुँदासमेत स्थानीय सरकार मौन रहेको स्थानीयहरूको गुनासो छ । 

प्रहरीले केही व्यक्तिलाई पक्राउ गर्दा नगरप्रमुखले आफ्नो मान्छे हो भन्दै छोड्न दबाब दिएको बताउने गरेका छन् । नदी छेउमा अनुमति बिना ढुंगागिट्टी सङ्कलन गर्न पाइँदैन । सुनवल नगरपालिकाले चुरेक्षेत्रका खोला तथा नदीबाट ढुङ्गा निकासी गर्न रोक लगाएको दाबी गर्दै आए पनि नदी उत्खनन रोकिएको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप