आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन लाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन सुरु

शुक्रबार, २४ चैत २०७९, १२ : ०८
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । यो कार्यक्रम शुक्रबारदेखि आगामी असार मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ । 

देश आर्थिक तरलता सङ्कटबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ ।

बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रम बिच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरु धोज बहादुर खड्का र सुनिल पोखरेलबाट यस अभियानको उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्रान्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप