सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘बिहे पास’ को शीर्ष गीतमा सरकारी जागिरका कुरा

शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बिहे पास’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक ‘मायाको बिहे पास..’ बोलको गीतमा प्रताप दासको स्वर, विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ ।

गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र प्रकृति श्रेष्ठ लगायतको अभिनय छ । फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । रोहित कट्टेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्मातामा रहेको फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल (सबैले हेर्न मिल्ने) सर्टिफिकेट दिएको छ । 

फिल्ममा दयाहाङ र प्रकृतिको अलावा श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलको अभिनय छ । 

फिल्मको कथा मर्रे केर,आकाश बराल र सजन काफ्लेले लेखेका हुन भने पटकथा आकाश र सजनले बुनेका हुन् । फिल्मको निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् । शिव ढकालको छायाङ्कन रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्मको यसअघि सार्वजनिक रोमान्टिक गीत ‘खाली छैन मेरो मुटु’ ले दर्शकको मन जितिसकेको छ । 

आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको फिल्मको वितरण पनि आरआर फिल्मले नै गर्दै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया