आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साताको सेयर बजार : ४१ अङ्कले नेप्से घट्दा ४ अर्ब ६७ करोडको कारोबार

शनिबार, २५ चैत २०७९, ०७ : ४९
शनिबार, २५ चैत २०७९

काठमाडौँ । नयाँ अर्थमन्त्री डा.प्रकाशशरण महत आएसँगै सुरु भएको यो साताको सेयर बजार त्यति राम्रो भएन । साताको पाँच दिन नै खुलेको बजारले ४१.७६ अङ्कले नेप्से गुमाउँदै १८ सय ६६.७९ अङ्कको विन्दुमा ओर्लिएको हो । 

गत साताको शुक्रबार अर्थात् चैत १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातौँ पटक मन्त्रीपरिषद् पुनर्गठन गर्दै अर्थमन्त्रीमा डा.प्रकाशशरण महतलाई ल्याएका थिए । तर, लगत्तै चैत १९ गते आइतबार खुलेको बजारमा २० अङ्कको नेप्से घट्न पुग्यो । 

दोस्रो र तेस्रो दिन पनि क्रमशः नेप्से सूचक १६.६७ अङ्कले र ५.२० अङ्कले घटेर १८ सय ६६.६८ अङ्कको विन्दुमा झरेकोमा तेस्रो दिन मुस्किलले ८.३९ अङ्कले बढ्यो । तर, पाँचौँ दिन अर्थात् चैत २३ गते नेप्से सूचक पुनः ८.२८ अङ्कले घट्दै १८ सय ६६.७९ अङ्कमा ओर्लिन पुगेको छ । 

कारोबार रकम पनि ४ अर्बमा खुम्चियो

उसो त ४१ अङ्कमाथिले नेप्से सूचक घट्दै गर्दा यो साता कारोबार रकम समेत साढे ४ अर्बको आसपासमा खुम्चिन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता जम्मा ४ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

अघिल्लो हप्ता ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप