आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महोत्तरीमा मोटरसाइकल दुर्घटना परी एक युवाको मृत्यु

शनिबार, २५ चैत २०७९, ०८ : ३८
शनिबार, २५ चैत २०७९

महोत्तरी । मोटरसाइकल र गाडी एक-आफसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बर्दिबास स्थित पूर्व-पश्चिम लोकमार्गमा भएको उक्त दुर्घटनामा  मृत्यु हुनेमा गौशाला नगरपालिका वस्ने ३०  वर्षिय मनिष कार्की रहेको प्रहरीले जनाएको छ ।

विपरित दिशावाट आएको प्र.२ ०४-००१ प  १३२७ नम्बरको मोटरसाइकल र प्रदेश.३ ०३-००१ ज ०२९७ नम्बरको विङगर गाडी एक-आफसमा ठोकिएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका मनिष कार्कीको सुभस्वस्तिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

विङगर गाडी र सर्लाही हरिवन बस्ने गाडी चालक निरज लामालाइ थप अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप