आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

म पोइट आइडल बन्दिन

शनिबार, २५ चैत २०७९, ०९ : २१
शनिबार, २५ चैत २०७९

जब अस्तित्वले व्यापार गर्छ 
म भित्रको त्यो कविता मर्छ 
म कविता बेचेर किन्न सक्दिन
आमाको अस्तित्व सहजै 
बिक्रीका वस्तुहरू  कविता भन्दिन 
अतः म पोइट आइडल बन्दिन ।

आमाले जन्माउने प्रयास मात्रै गर्दा
संसारमा  मेरो अस्तित्व रहन्न थियो 
प्रयासका धेरै  शब्दहरु जुटाएर 
हाटबजारमा स्टल थापेपछि 
बिक्लान् अराजकता तर  गन्दिन
अतः म द पोइट आइडल बन्दिन ।

शासकहरूले कमाउन थाल्दा 
व्यापारीहरू झनै गरिब हुन्छन् 
राजनीति अर्को व्यवसाय बन्छ 
देश बेच्नेहरूकै शैली राखेर
धरातल डुबाउने खाडल खन्दिन 
अतः म द पोइट आइडल बन्दिन ।

हेलम्बु–६, सिन्धुपाल्चोक 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालकृष्ण गजुरेल
बालकृष्ण गजुरेल
लेखकबाट थप