आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

गीतः कथाहरू भित्र

शनिबार, २५ चैत २०७९, ०९ : २७
शनिबार, २५ चैत २०७९

अनेकौँ प्रेमिका कथाहरूभित्र हाम्रो पनि बास हुनुपर्छ
तिम्रो र मेरो मायाको सम्बन्ध सदैव एकनास हुनुपर्छ
छुटेर नछुट्ने टुटेर नटुट्ने सारै नै खास हुनुपर्छ 
रोक्ने छेक्ने सारा बन्धनहरू सबै सर्वनाश हुनुपर्छ

सुनौलो स्वर्ण अक्षरहरूमा हाम्रो कहानी अटाउनु पर्छ
आकस्मिक आउने मनमुटाब आपसमै बसेर मेटाउनु पर्छ
तिमी नै हौ मेरो मन मुटुको साथी, तिमिले नै थाहा पाउनु पर्छ
सम्झनु, अनेकौँभित्र सुहाउने लायक हामीले नै बनाउनु पर्छ
तिम्रो र मेरो मायाको सम्बन्ध सदैव एकनास हुनुपर्छ
छुटेर नछुट्ने टुटेर नटुट्ने सारै नै खास हुनुपर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विशाल श्रेष्ठ
विशाल श्रेष्ठ
लेखकबाट थप