घरमै यसरी बनाउनुहोस् रोजमेरी चिकेन
काठमाडौँ । प्याराडाइज ग्रुप पारिवारिक वातावरण भएका कारण धेरै जनाको मन जित्न सफल भएको छ । यहाँ मेक्सिकन फुड, ग्रिक फुड, चाइनिज फुड, थाई फुड, ईन्डो चाइनिज फुड, इन्डियन फुड जस्ता विभिन्न स्वाद उपलब्ध हुने सेफ नरेश बताउँछन् । उनी प्याराडाइजको कुजिनलाई त्यसैले फ्युजन कुजिन भन्न रुचाउँछन् । ३२ जना कर्मचारी भएको प्याराडाइज ग्रुपको किचनमा १३ जना छन् ।
सेफका अनुसार प्याराडाइज ग्रुपलाई दुई सिफ्ट गरेर चलाइएको छ । उनी भन्छन्, ‘बिहान ७ बजे देखि १२ बजे सम्म ब्रेकफास्ट ( इन्डियन, कन्टिनेन्टल, चाइनिज र इ·लिस ब्रेकफास्ट) भनेर चलाएका छौँ र १२ बजे देखी राति १० बजे सम्म चल्छ ।‘ दुईसय जना सम्म मज्जाले अटाएर कुनै पनि इभेन्ट, मिटिङ, सांस्कृतिक कार्यक्रमहरू पनि गर्ने गरेको छ ।
प्याराडाइजको मःम प्लाटर एकदमै चर्चित छ । होल चिकेन पेरीपेरी, सि फुड, पोर्क आइटम सबै बेच्ने गरिएको छ । उनका अनुसार विभिन्न डिसहरुमध्ये ग्राहकहरुले मन पराएको डिस रोजमेरी चिकेन हो जुन २० देखि २५ मिनेटमा तयार हुन्छ । लसुन र रोजमेरीको आधारमा यो डिस तयार हुन्छ र यसमा साइड डिसहरु पनि उपलब्ध हुन्छ । हेर्नुस् रेस्टुरेन्टमा धेरै माग हुने डिस रोजमेरी चिकेन बनाउने तरिका: