आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६४ जना सङ्क्रमित थपिँदा ५७ जना सङ्क्रमणमुक्त

शनिबार, २५ चैत २०७९, १६ : ४६
शनिबार, २५ चैत २०७९

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार १७० वटा नमुनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१ तथा एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ५७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ३५७ पुगेको छ । त्यस्तै, थप २० हजार २५७ जनाले कोरोनाभाइरसविरुद्धको खोप पनि लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप