आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघ चुनाव : २० औँ अध्यक्ष बन्दै ढकाल, अहिलेसम्म क-कसले सम्हाले नेतृत्व ?

शनिबार, २५ चैत २०७९, २३ : १४
शनिबार, २५ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले यही चैत ३० गते नयाँ नेतृत्व पाउँदै छ । चैत २९ गते सम्पन्न हुने निर्वाचनसँगै महासङ्घले २० औँ अध्यक्षका रूपमा चन्द्र ढकाल पाउनेछ । ढकाल अध्यक्ष बनेपछि आगामी ३ वर्ष महासङ्घको नेतृत्व सम्हाल्नेछन् । यस्तै, नजिकिँदो साधारण सभा र निर्वाचनले आगामी नेतृत्वबारे समेत छिनोफानो गर्नेछ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार महासङ्घले आगामी अध्यक्षका रूपमा वरिष्ठ उपाध्यक्ष समेत ३० गते नै पाउनेछ ।

ढकाल २० औँ अध्यक्ष बन्नु पूर्व महासङ्घमा १९ जना अध्यक्ष बनिसकेका छन् । विसं. २०२२ मा स्थापना भएको उद्योग वाणिज्य महासङ्घको संस्थापक अध्यक्ष लोकनाथ जोशी थिए । उनले २०२४ सम्म महासङ्घको नेतृत्व सम्हालेका थिए ।

यस्तो छ अध्यक्षहरूको सूची र कार्यविधि

– लोकनाथ जोशी  (२०२२–२०२४)

– जुद्धबहादुर श्रेष्ठ  (२०२४–२०२८)

– पशुपति गिरी    (२०२८ –२०३२)

– हरिप्रसाद गिरी (२०३२–२०३५)

– इन्द्रभक्त श्रेष्ठ  (२०३५–२०३८)

– महेशलाल प्रधान (२०४४–२०५०)

– विनोदकुमार चौधरी (२०५०–२०५२)

– पद्म ज्योति (२०५२–२०५४)

– आनन्दराज गुल्मी (२०५४–२०५६)

– प्रदीपकुमार श्रेष्ठ  (२०५–६२०५८)

– रविभक्त श्रेष्ठ  (२०५८–२०६०)

– विनोदबहादुर श्रेष्ठ (२०६०–२०६२)

– चण्डीराज ढकाल (२०६२–२०६४)

– कुशकुमार जोशी (२०६४–२०६७)

– सुरज वैद्य (२०६७–२०७०)

– प्रदीपजंग पाण्डे (२०७०–२०७१)

– पशुपति मुरारका (२०७१–२०७३)

– भवाणी राणा (२०७३–२०७६)

– शेखर गोल्छा (२०७७–२०७९)

– चन्द्रप्रसाद ढकाल (२०७९–२०८२)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप