आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

आमा

शनिबार, २५ चैत २०७९, १८ : २०
शनिबार, २५ चैत २०७९

यो संसारसँग
कठिन  संघर्ष  गर्दै
हरपल आफ्ना अस्तित्व भुलेर 
दुःख, पीडाको कुम्लो 
बोक्दै हिँडेकी  आमालाई
किन आफ्नो सन्तानले
कहिल्यै बुझ्ने कोसिस गर्दैनन् ?

हरपल आधा पेट,
आधा गाँस खाएर
आफ्नो सन्तानको निम्ति 
नअघाउन्जेल खुवाउने आमालाई 
किन आफ्नो सन्तानले
कहिल्यै बुझ्ने कोसिस गर्दैनन् ?

पुराना, थोत्रा कपडा  लगाएर 
आफ्ना सन्तानको आङ ढाक्न
इज्जत राख्ने आमालाई 
किन आफ्नो सन्तानले
कहिल्यै बुझ्ने कोसिस गर्दैनन् ?
हरेक दिन आफू अपमानित भएर 
आफ्नो सन्तानको  
भविष्य  सोच्ने आमालाई
किन कसैले 
कहिल्यै बुझ्ने कोसिस  गर्दैनन् ?
हिजो सानोमा डोर्‍याएका ती हातहरूले
आज आडम्बरीपन सिक्न थालेका छन्
कहिल्यै आमाको अनुहारको पसिना देख्दैनन्
अनि कसैको आडमा  
आमालाई थर्काउन थालेको छन् ।
आजभोलि, 
आदर्श आमा भएर पनि
हरपल सन्तानको खुसीमा 
आँसु पिउँदै
आमाले आँसु नै 
जित मान्न थालेकी छन्
र,
कैयौँ  दुःख, कष्ट झेलेर पनि
आफ्नै जिन्दगी सन्तानकै निम्ति 
हारिदिन थालेकी छन् ।
हारिदिन थालेकी छन् ।। 

हालः अमेरिका 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमला प्रसाईं
कमला प्रसाईं
लेखकबाट थप