आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आईपीएल क्रिकेट : चेन्नाईको दोस्रो जित

आइतबार, २६ चैत २०७९, ०६ : १९
आइतबार, २६ चैत २०७९

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किङ्सले दोस्रो जित निकालेको छ । चेन्नाईले शनिबार वान्खडे रङ्गशालामा सम्पन्न खेलमा  मुम्बई इन्डियन्सविरुद्ध सात विकेटको सहज जित निकाल्यो ।

घरेलु टिम मुम्बईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य चेन्नाईले १८.१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको थियो ।

जितसँगै तीन खेलबाट चार अङ्क जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा उक्लिएको छ । दुई खेलमा अङ्कविहीन मुम्बई तालिकाको आठौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप