सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
काठमाडौँमा मनाइयो ‘इस्टर सन्डे’, तस्बिरहरु
फोटोफिचर

काठमाडौँमा मनाइयो ‘इस्टर सन्डे’, तस्बिरहरु

आइतबार, २६ चैत २०७९

काठमाडौँ । विश्वभरका इसाई धर्मावलम्बीले आज इस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज राजधानी काठमाडौँमा र्‍यालीको आयोजना गरिएको छ । 

उपत्यकाको विभिन्न ठाउँबाट सुरु भएको र्‍याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको थियो । इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको ३ दिनमा उनी पुनरुत्थान भएको भन्ने विश्वासका साथ इस्टर सन्डे मनाइन्छ । बाइबलमा उल्लेख भए अनुसार दुई हजार वर्ष पहिला शुक्रवारको दिन यशुलाई जेरुसेलमको पहाडमा क्रसमा चढाइएको थियो र त्यसको तेस्रो दिनमा उनी पुनरुत्थान भएका थिए र त्यस दिन आइतबार परेको थियो । 

इस्टर सन्डेलाई यशुको पुनरुत्थान भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनरुत्थान भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समयकालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया