आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले भोलि २२ अर्ब ४६ करोडको ट्रेजरी बोलकबोल गर्ने

आइतबार, २६ चैत २०७९, १९ : १५
आइतबार, २६ चैत २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । 

केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका कूल २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको हो ।

सोमबार बोलकबोल हुने ट्रेजरीको बिक्री भने आगामी मंगलबार अर्थात् चैत २८ गते हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो ३ बजेभित्र अनलाइन दरखास्त दिन सक्नेछन् । 

कूल निष्काशित बिल मध्ये १६ अर्ब ४६ करोड रुपैयाँ पुरानो नवीकरण गरेर बाँकी रहेको ६ अर्ब रुपैयाँ नयाँ बिक्री गरिने बैंकले जनाएको छ । 

यसअघि चैत २० गते केन्द्रीय बैंकले कूल १७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप