आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रिंकुको अन्तिम पाँच बलमा पाँच छक्का, राशिदको ह्याट्रिक खेर

आइतबार, २६ चैत २०७९, २० : १५
आइतबार, २६ चैत २०७९

अहमदाबाद । जितका लागि २०५ रनको लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले रिंकु सिंहको अविश्वसनीय इनिङ्सको मद्दतले गुजरात टाइटन्सलाई पराजित गरेको छ । रिंकु सिंहले अन्तिम पाँच बलमा लगातार पाँच छक्का प्रहार गरे। उनले २१ बलमा ४८ रन बनाएर अविजित रहँदै टोलीलाई शानदार जीत दिलाए ।

गुजरात टाइटन्सका लागि राशिद खानको ह्याट्रिक पनि काम गर्न सकेन । उनले आन्द्रे रसल, सुनिल नरेन र सर्दूल ठाकुरलाई आउट गर्दै टोलीलाई जीत नजिक पुर्‍याएका थिए । कोलकातालाई अन्तिम ओभरमा जितका लागि २९ रन आवश्यक थियो। तर रिंकु सिंहको यो इनिङ्सको मद्दतले टोलीले २०७ रन बनाएर खेल तीन विकेटले जित्यो । 

यसअघि अन्तिम दुई ओभरमा विजय शंकरले पाँच छक्का प्रहार गर्दा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई जितका लागि २०५ रनको लक्ष्य दिएको थियो। आईपीएलको १३ औं खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको थियो, जसमा गुजरातले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप