आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुटवलमा ‘नेपाली जुत्ता घर’

सोमबार, २७ चैत २०७९, ०९ : १८
सोमबार, २७ चैत २०७९

बुटवल ।  बुटवलमा नेपालमा विभिन्न प्रतिष्ठित फुटवेयर कम्पनीका उत्पादन एउटै छानामुनि बिक्री गर्ने तयारी भएको छ । बुटवलको डेल्टा मार्टमा यही वैशाख १ गतेदेखि साझा बिक्री कक्षका रूपमा ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आउने भएको हो ।

आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली उत्पादनको प्रवर्द्धन गर्दै बाहिरी बजारसमेत विस्तार गर्ने उद्देश्यका साथ जुत्ता घरको अवधारणा ल्याइएको नेपाल फुटवेयर सङ्घका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । जुत्ता घरमा स्कुल सुज, क्याजुयल सुज, स्पोर्टस सुज, पार्टी वेयर उपलब्ध हुनुका साथै उद्योगहरूको आफ्नै आउट लेट ५ हजार बढी मोडलका उत्पादनहरू उपलब्ध हुने जुत्ता घरका सञ्चालक चोलाप्रसाद पाठकले जानकारी दिए । 

सोही अवसरमा १ सय बढी नयाँ मोडलका जुत्ता चप्पलहरूको समेत नयाँ वर्षको अवसरमा लञ्च गरिनुका साथै शुभारम्भको अवधिभर डिलर मूल्यमै उपभोक्तालाई जुत्ता चप्पल उपलब्ध गराइने  छ । जुत्ता घरभित्र हाल पवित्र सुज ईण्डष्ट्रिज प्रालिको शुल्यान्ड, रन सु ईण्डष्ट्रिज प्रालिको रन सुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रालिको बि एन्ड डियर हिल, लालिगुराँस  फुटवेयरको क्रस रोड, शुभकामनाको फर्स्ट वाल्क, बल्याक हर्स सुजको बल्याक हर्स, स्मार्ट सुजको स्मार्ट, रोयल सुजको रोयल तथा एकता सुजको टुरिस्ट ब्रान्डका उत्पादन उपलब्ध रहेका छन् । 

नेपालका उत्पादन बारे जानकारी गराउनुका साथै उपभोक्तालाई नक्कली उत्पादनदेखि ठगिनबाट जोगाउनका लागि पनि जुत्ता घरको अवधारणा ल्याइएको सञ्चालक उत्तम देवकोटाले बताए । नेपाल फुटवेयर सङ्घका उपाध्यक्ष सुरज भण्डारीले यस क्षेत्रमा ४० अर्ब बढी लगानी हुनुका साथै हजारौँले प्रत्यक्ष रोजगार प्राप्त गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप