आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गठे संस्कृतिले देशलाई ओरालो लगायो : केपी ओली

सोमबार, २७ चैत २०७९, १८ : ०५
सोमबार, २७ चैत २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठे संस्कृतिले देशलाई ओरालो लगाएको बएका छन् ।

सोमबार नेपालगञ्जमा पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृतिले विकृति ल्याएको बताएका हुन् । 

‘आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । यसमा कतिपय विकृति विसंगतिहरु छन्, गठे संस्कृति । यो गठबन्धनको संस्कृति’, ओलीले भने, ‘राजनीति छैन, विचार छैन जसरी भएपनि एउटा निकम्मा सरकार बनाउनुपर्ने र कूकर्म गर्नुपर्ने खालको स्थिति बनाएको छ ।’

यस्तै समस्या र  संस्कृतिले देशलाई ओरालो लगाएको ओलीको भनाइ छ । ‘यसले देशलाई ओरालो लगाएको छ । तर फेरि देशलाई ओरालो लाग्नबाट रोकेर अगाडि बढाउन सकिन्छ । देशलाई सही बाटोमा लैजान सकिन्छ भन्ने कुरा म प्रधानमन्त्री भएको छोटो अवधिमा देखिएको छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको दावी छ । ओलीले युवाहरुलाई ४० वर्ष उमेर कटेपछि पनि युवासंघमै बस्ने र इतिहास छ भनेर गर्व तथा रहर नगर्न र भविष्यको राजनीतिक बाटो बनाउन निर्देशन समेत दिए । महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप