आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फोहोरमा राजनीति गर्नु हुँदैन, निकास खोज्नुपर्छ : मन्त्री गुरुङ

सोमबार, २७ चैत २०७९, १८ : १८
सोमबार, २७ चैत २०७९

काठमाडौँ । सहरी विकास मन्त्री सीता गुरुङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौँको फोहोर व्यवस्थापनका लागि मन्त्रालयको समन्वय गर्ने मात्रै जिम्मेवारी रहेको बताइन् ।   

उनले फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्जुस्याइँ नगर्ने बताइन् । उनले महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको बताइन् ।  

समस्या समाधानका लागि सरकार लागि परेको मन्त्री गुरुङले बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप