सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
भक्तपुरमा बिस्काः जात्राको रौनक, तस्बिरहरु हेर्नुहोस्
फोटोफिचर

भक्तपुरमा बिस्काः जात्राको रौनक, तस्बिरहरु हेर्नुहोस्

सोमबार, २७ चैत २०७९

भक्तपुर । भक्तपुरको  बिस्केट (बिस्काः) जात्रा सुरु भएको छ । आठ रात नौ दिनसम्म मनाइने छ । जिब्रो छेडने जात्राको रुपमा पनि यो जात्रा चर्चित छ ।

सोमबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरूवात गरिने प्रचलन रहेको छ । जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिएको छ । 

सो रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु‍र्‍याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहँदै आएको छ । लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते पनि भैरवनाथको नै रथ तानेर समापन गरिने प्रचलन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया