भारतमा २४ घण्टामा कोरोनाका ५,६७६ नयाँ सङ्क्रमित, सक्रिय सङ्क्रमित ३७ हजारभन्दा बढी
मङ्गलबार, २८ चैत २०७९, १२ : ४१
मङ्गलवार भारतमा ५ हजार ६७६ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै पछिल्लो २४ घण्टामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार नाघेको छ ।
यति बेला २१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको कूल सङ्ख्या ५ लाख ३१ हजार पुगेको छ ।