आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थ

२५ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, ८ महिनामा ७ खर्ब ९४ अर्ब भित्रियो

मङ्गलबार, २८ चैत २०७९, १४ : ४४
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालमा रेमिट्यान्सको आप्रवाह २५.३ प्रतिशतले बढेको छ । 

नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्ट सार्वजनिक गर्दै चालू आर्थिक वर्षको ८ महिनामा २५ प्रतिशतभन्दा धेरैले रेमिट्यान्स बढेको जानकारी दिएको हो ।

यससँगै, साउनदेखि फागुनसम्मको अवधिमा नेपालमा ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सको आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेर ६ अर्ब ९ करोड डलर पुगेको छ ।

अघिल्लो वर्षको यही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.६ प्रतिशतले घटेको थियो ।

यससँगै, श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५१ हजार ७६१ जना पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या समीक्षा अवधिमा ८ प्रतिशतले बढेर १ लाख ९२ हजार ५५९ पुगेको छ ।

अघिल्लो वर्षको यही अवधिमा यस्तो स्वीकृति लिनेको संख्या २४० प्रतिशतले खुम्चिएको थियो । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप