आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदैछौं : अर्थमन्त्री डा. महत

मङ्गलबार, २८ चैत २०७९, १५ : ०८
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । 

नेपालको समग्र अर्थतन्त्रलाई विश्लेषण गर्ने हो भने आत्तिहाल्नुपर्ने अवस्था नरहेको मन्त्री डा. महतले बताए । अल्पकालीनमा पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने, समयमा काम नसक्ने खालका समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित रहेको बताए । 

उनले भने, ‘हामी सबैमा कमीकमजोरी छ । त्यसलाई सुधार गरेर अघि बढ्नु पर्छ । ऋण तिर्दिन भन्नु गलत हो ।’

अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारको लागि सरकार गम्भीर भएर लागिपरेको पनि बताएका छन् । उनले भने, ‘हाम्रो अर्थतन्त्रमा अहिले केही दबाब परेको छ । केही अप्ठ्यारोहरु सिर्जना भएका छन् । सरकार, अर्थ मन्त्रालय र म अर्थमन्त्रीले यो दबाब र अप्ठ्यारालाई गम्भीरताका साथ लिएको छ । समग्रमा निराश हुनुपर्ने कारण छैन ।' 

बाह्य संचित, विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले गर्दा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । 

'यो परिवेशमा पनि ७ अंकभन्दा माथि आर्थिक वृद्धि छ । अन्तर्राष्ट्रिय परिस्थितिको आर्थिक विकास र रुपान्तरणको समस्या छ । उद्योग व्यवसायमा लगानीको समस्या छ । ती समस्यालाई हल गरेर एउटा सकारात्मक आर्थिक वातावरण सिर्जना गर्न हामी सक्षम छौं भन्ने मलाई विश्वास छ',उनले भने । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप