आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फागुन महिनामै भित्रियो १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स

मङ्गलबार, २८ चैत २०७९, १५ : १२
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । फागुन महिनामा विदेशबाट १ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले फागुन महिनामा मात्रै १ खर्ब ४ अर्बभन्दा धेरै रेमिट्यान्स भित्रिएको जानकारी दिएको हो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार माघ महिनासम्म विदेशबाट ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जबकि, फागुन महिनाको अन्त्यसम्म रेमिट्यान्स भित्रिने क्रम बढेर ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको हो ।

नेपालबाट वैदेशिक रोजगारीका लागि युवाहरु विदेशीने क्रम बढेपछि रेमिट्यान्स आप्रवाह समेत बढेको केन्द्रीय बैंकले जनाएको छ । 

यस अवधिमा श्रम स्वीकृत लिने युवाहरुको संख्या ३ लाख ५१ हजार ७६१ पुगेको छ । यस्तै, पुनः श्रम स्वीकृत लिने युवाको संख्या १ लाख ९२ हजार ५५९ जना छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप