आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार नदिएको भन्दै सर्वोच्चमा अवहेलनाको मुद्दा दायर

मङ्गलबार, २८ चैत २०७९, १८ : २४
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार नदिएको भन्दै सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ । लोकतान्त्रिक अभियन्ता नन्दराज उपाध्यायले सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका हुन् ।

यसअघि सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न परमादेश जारी गरेको थियो । उक्त आदेश कार्यान्वयन नगरेर सरकारले अदालतको अवहेलना गरेको भन्दै अदालत पुगेका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई विपक्षी बनाई मुद्दा हालेका हुन् ।

यसअघि ७ चैत २०७४ मा सर्वोच्चले विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार दिने व्यवस्था गर्न आदेश जारी गरेको थियो । आदेश जारी गरेको लामो समय भइसक्दा पनि सरकारले न अधिकार दिन सकेको छ न कानुन नै बनाउन सकेको छ ।

यो लगायतका विभिन्न माग अघि सार्दै उपाध्याय यसअघि माइतीघर मण्डलामा धर्नामा बसेका थिए । धर्नामा बस्दा राज्यले मागप्रति बेवास्ता गरेको भन्दै आफू अदालत जान बाध्य भएको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप