गोरखाको बलुवा केन्द्रबिन्दु भएर भूकम्प
मङ्गलबार, २८ चैत २०७९, १९ : ४७
गोरखा । गोरखाको बलुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको बलुवा केन्द्रबिन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेट जाँदा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
पछिल्लो समय नेपालमा भूकम्प जानेक्रम बढेको छ । यसअघि दोलखा, ताप्लेजुङ र बाजुरालगायतका ठाउँमा भूकम्प गएको थियो ।