आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीन–भियतनाम सीमाबाट दुई लाख ६० हजार यात्रु आवतजावत

मङ्गलबार, २८ चैत २०७९, २१ : २५
मङ्गलबार, २८ चैत २०७९

नानिङ । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको डोङजिङ सहरमा रहेको चीन–भियतनाम सीमा बन्दरगाहलबाट सन् २०२३ को पहिलो त्रैमासिक (त्रैमासिक) वर्षको तुलनामा ७.२ गुणा बढी अर्थात् दुई लाख ६६ हजारभन्दा बढी आन्तरिक तथा बाह्य यात्रुहरू आवागमन गरेका छन् । 

स्थानीय सीमा चेकपोइन्टका अनुसार बन्दरगाहले पहिलो त्रैमासिकमा ५१ हजारभन्दा बढी ट्रकहरू भित्रिएको रेकर्ड गरेको छ । जुन गत वर्षको तुलनामा १.८८ गुणाले बढेको हो । 

यो सहर चीन–भियतनामको सिमानामा र भियतनामी सहर मोङ काईको छेउमा अवस्थित छ । यो सहर एक अनुपम स्थान रहेका कारण स्वदेश तथा विदेशबाट पर्यटकहरू यहाँ भित्रिने गर्दछन् ।- (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप