आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले सुशासन र विकासमा ध्यान दिन जरुरी छ : अध्यक्ष लिङ्देन

मङ्गलबार, २८ चैत २०७९, २२ : ३८
मङ्गलबार, २८ चैत २०७९

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सुशासन, विकास र जनताको सेवालाई केन्द्रविन्दुमा राखेर सरकार अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । 

राप्रपा गण्डकी प्रदेशस्तरीय विस्तारित बैठक एवं अगुवा कार्यकर्ता भेलालाई मंगलबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, “हामीले देशको व्यवस्था त परिवर्तन ग¥यौँ तर जनताको अवस्था फेर्न सकेका छैनौं ।” 

नेपालमा राजनीति उद्योगका रूपमा विकास भएको भन्दै उनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्नेमा जोड दिए । “म ऊर्जामन्त्री हुँदा ठूलाठूला निर्णय भए तर मैले एक रुपैयाँ पनि अनियमितता गरिनँ”, अध्यक्ष लिङदेनले भने, “भ्रष्टाचार गर्नु भनेको नेपाली आमाको रगत खानु सरह हो ।”

गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाको अध्यक्षता राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले गरेका थिए । साथै अगुवा कार्यकर्ता भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा तत्काल सरकारमा नजाने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप