आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

बुधबार, २९ चैत २०७९, १२ : ४३
बुधबार, २९ चैत २०७९

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र  नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकामा बुधबार भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो ।

महानगरपालिका प्रमुख रेनु दाहालले मित्र राष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा  नेपाली जनताको मन जित्ने गरी  सहयोग पु¥याएकोमा राजदूत चेनलाई धन्यवाद व्यक्त गरिन् ।
महानगरपालिका प्रमुख दाहालले महानगरीय मेट्र रेल, नेपाल चाईनामैत्री पार्क निर्माण चीनको सहयोगमा निर्माणको लागि प्रस्ताव गरेकी छन् ।

प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा चिनियाँ राजदूत चेनमार्फत चिनियाँ पर्यटकलाई निम्तो पनि दिइन् । नेपालका लागि चिनियाँ राजदूत चेनले भरतपुरमा महानगरीय मेट्र रेल, नेपाल चीनमैत्री पार्र्क, शिक्षा, स्वास्थ्य लगायतका विषयमा छलफल गरी अगाडि बढ्न सकारात्मक रहेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप