आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कमल थापाको प्रश्न–पहिचान नै सकिएपछि प्रदेश नामकरणको के अर्थ रहन्छ ?

बुधबार, २९ चैत २०७९, १४ : ५८
बुधबार, २९ चैत २०७९

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कोशी प्रदेश नामकरणको विरोधमा केही किराँती नेता र संस्थाहरुले चलाइरहेको आन्दोलनप्रति आफ्नो धारणा राखेका छन् । थापाले किरातीहरुले खोजिरहेको पहिचानको आधार बिस्तारै खस्कँदै गएको धारणा राख्दै यसबारे गम्भीर बन्न आग्रह गरेका छन् ।

विगत केही वर्षयता भइरहेको  धर्म परिवर्तनको डढेलोको सबैभन्दा बढी नकारात्मक प्रभाव किरात समुदायमा परेको थापाको भनाइ छ ।

‘उहाँहरूसँग मेरो अनुरोध छ, उहाँहरूले खोजिरहेको पहिचानको आधार बिस्तारै खस्कँदै गएको बारे समेत जानकारी वा चेतना राखिदिनु भए बेस हुने थियो । किरात वा लिम्बु पहिचानको आधार मुन्धम, किरात धर्म संस्कृति र परम्परा हो’, थापाको भनाइ छ , ‘विगत केही वर्ष यता भइरहेको योजनाबद्ध र संगठित धर्म परिवर्तनको डढेलोको सबैभन्दा बढी नकारात्मक प्रभाव किरात समुदायमा परेको छ।’

२०६८ को जनगणनामा कुल जनसंख्याको ३ प्रतिशत रहेको नेपालको तेस्रो किरात धार्मिक समुदाय पछिल्लो जनगणना अनुसार करिब १.५ प्रतिशतमा खुम्चेको र पांचौ स्थानमा झरेको थापाको भनाइ छ ।

‘हिन्दु र बुद्धिष्टहरुको संख्या पनि निकै घटेको छ। यस्तो संवेदनशील विषयमा दल, संसद्, सरकार र धार्मिक सांस्कृतिक संस्थाहरुको गम्भीर ध्यान गएको देखिन्न। किरात धर्म संस्कृति र किरात–लिम्बुहरूको पहिचान नै सकिए पछि प्रदेशको नामकरणको अर्थ नै के रहन्छ र ?’, थापाको प्रश्न छ ।

यसबारे ध्यान दिन उनले सम्बद्ध सबैसँग उनले आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप