आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
महासंघ चुनाव

महासंघको चुनाव : २ बजेसम्म ८ सय मत खस्यो

बुधबार, २९ चैत २०७९, १५ : ०७
बुधबार, २९ चैत २०७९

काठमाडौँ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा २ बजेसम्म ८०० मत बिहान ८ बजेदेखि सुरु हुने भनिएको महासंघको निर्वाचन २ घण्टा ढिला गरी सुरु भएको थियो । 

मतदान साँझ ६ बजेसम्म चल्ने छ । महासंघमा एसोसिएटतर्फ १७ सय ४८ मतदाता छन् । यस्तै, जिल्लानगरतर्फ ११७ र वस्तुगततर्फ १२३ जना मतदाता छन् । आजको निर्वाचनले एक जना वरिष्ठ उपाध्यक्ष र तीन जना उपाध्यक्षसहित कूल ६४ जना कार्यसमिति चयन गर्नेछ । यसमध्ये ५ जना निर्विरोध भइसकेकाले ५९ पदका लागि ११२ जना चुनावी दौडमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप