आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जका दुई वटा गैँडा मृतावस्थामा फेला

बुधबार, २९ चैत २०७९, १५ : ३६
बुधबार, २९ चैत २०७९

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जका दुई वटा एकसिंगे गैँडा मृतावस्थामा फेला परेका छन् ।  

निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने अमलटारी सेक्टर अन्तर्गत मर्दी घोलस्थित निकुञ्जको कोर क्षेत्रमा एक पोथी गैँडा मृतावस्थामा फेला परेको छ ।

अन्दाजी उमेर ७ महिनाको उक्त गैँडाको खाग नपलाएको र भाले गैँडाको आक्रमणका कारण मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रशासनले जनाएको छ ।

यसैगरी निकुञ्जकै माडी सेक्टर अन्तर्गत रिउ खोलाको दक्षिण किनारको मध्यवर्ती क्षेत्रमा पनि एक भाले गैडा फेला मृतावस्थामा फेला परेको छ ।  महिना उमेरको गैँडाको खाग नपलाएको र मृत्यु बाघको आक्रमणबाट भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आवमा मृत्यु हुने गैँडाको संख्या १६ वटा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप