आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घट्यो

बुधबार, २९ चैत २०७९, १६ : १८
बुधबार, २९ चैत २०७९

काठमाडौं । डिजिटल बैंकिङ प्रणालीको प्रयोग तथा उपभोग बढ्दै गएका बेला पहिलोपटक मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या घट्न पुगेको छ । नेपाल राष्ट्र बैंककाअनुसार अघिल्लो महिनाको तुलनामा फागुन मसान्तमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या ५ लाख ११ हजारले घटेको हो ।  पुस मसान्तसम्म यस्तो मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या २ करोड ३६ हजार ५२४ रहेको थियो । तर, एक महिनापछि अर्थात् फागुन मसान्तमा आइपुग्दा यस्तो संख्या घटेर १ करोड ९५ लाख २५ हजार ३५७ मा झरेको हो । 

यद्यपि, यता मोबाइल बैंकिङ कारोबार भने १९ अर्ब ७० करोड ५० लाख रुपैयाँले बढेर समीक्षा अवधिमा कूल १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयाँ बराबरको ट्रान्सेक्सन भएको बैंकले जनाएको छ । अघिल्लो महिना यस्तो कारोबार १ खर्ब ७२ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको भएको थियो । 

यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङमार्फत १३ अर्ब ८६ करोड १० लाख रुपैयाँ, डेभिट (एटीएम) कार्डमार्फत ८५ अर्ब १४ करोड १० लाख रुपैयाँ, क्रेडिट कार्डमार्फत १ अर्ब ४१ करोड २० लाख रुपैयाँ कारोबार भएको छ ।  यता विभिन्न किसिमका भूक्तानीका साधन, वालेटहरुबाट भने समीक्षा अवधिमा १८ अर्ब १५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप